झन्डै १३ लाख बढीको रासायनिक लागुऔषध बरामद

संवाददाता
संवाददाता

२७ बैशाख २०८२ – नवलपरासीको बर्दघाटस्थित एक रेष्टुरेन्टबाट झन्डै १३ लाख बढी पर्ने लागुऔषध बरामद भएको छ । लागुऔषधको कारोबार हुँदै छ भन्ने सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाको टोलीले इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा उक्त लागुऔषध बरामद गरेको हो ।

बरामद भएको लागुऔषध MD SYNTHETIC DRUGS हो । उक्त लागुऔषध प्रयोगशालामा रासायनिक रुपमा तयार पारिने खालको रहेको लागुऔषध नियन्त्रण ब्युरोका एक प्रहरीले जनाएका छन् । चार वटा प्याकेटमा राखिएको उक्त लागुऔषधको परिणाम २ सय ८ ग्राम १६० मिलिग्राम रहेको छ । उक्त लागुऔषध बजारमा ५ देखि ६ हजार प्रति ग्राममा बिक्री हुने गरेको ति प्रहरीले जनाएका छन् ।

रासायनिक लागुऔषध

बर्दघाट नगरपालिका– १० लण्डनब्रिज नजिक रहेको संगम रुफटप रेष्टुरेन्ट एण्ड खाजा घरबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बीरदत्त पन्तले परासी पत्र अनलाइनलाई जानकारी दिनुभयो । रेष्टुरेन्टमा बसेर ग्राहकको पर्खाइमा बसिरहेका बर्दघाट नगरपालिका–१० लण्डन ब्रिजका ६१ वर्षिय धनलाल चापागाई र सुस्ता गाउँपालिका–५ थारुटोलाका ३३ वर्षिय स्तकार हुसेनको साथबाट उक्त लागुऔषध बरामद भएको हो । पक्राउ परेका उनीहरुलाई लागुऔषध सम्बन्धीको कसुरमा मुद्दा प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रेस विज्ञप्ति

Leave a Comment

सम्बन्धित खबर