एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

संवाददाता
संवाददाता

काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्रालयले हाल देशभर एक लाख ४४ हजार ८०३ दशमलव २५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ ।

रासायनिक मलको अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा. रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको बताए ।

उनका अनुसार पश्चिम एसियामा जारी द्वन्द्वका कारण टेन्डर भइसकेको मल नेपाल आउन ढिलाइ भएको छ । ‘स्ट्रेट अफ होर्मुज’ क्षेत्रमा देखिएको अवरोध हट्नासाथ टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल नेपाल आउने विश्वास मन्त्रालयले गरेको छ ।


मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण विगत वर्षको तुलनामा रासायनिक मलको मूल्यसमेत बढेको जनाएको छ ।

सहसचिव श्रेष्ठले रासायनिक मलको आपूर्तिमा अनिश्चितता देखिएकाले प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गरे । उनले माटोको स्वास्थ्य जोगाउन रासायनिक मलसँगै प्राङ्गारिक मलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
स्रोत : प्रदेश खबर

Leave a Comment

सम्बन्धित खबर