पर्व मनाउँदा प्रदर्शन गरिएको नक्कली बन्दुक बरामद

संवाददाता
संवाददाता

मुहर्रम पर्व मनाउने क्रममा विराटनगरमा प्रदर्शन गरिएको नक्कली हतियार फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुस्लिम समुदायहरूले मुहर्रम पर्व मनाउने क्रममा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-१३ सोमबारे स्थितमा नक्कली हतियार समेत बोकेको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङबाट प्रनाउ सन्तोष श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त नक्कली हतियार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

सम्बन्धित खबर