बाँके प्रहरीद्वारा भारतबाट भन्सार छली गरी ल्याइएको सामान बरामद

संवाददाता
संवाददाता

नेपालगञ्ज (बाँके) : जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मितिमा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी तस्करी गरेर ल्याइएका सामानहरू बरामद गरेको छ।

बरामद सामानमा लत्ता कपडा, खाद्यन्न, रेडी वाटर फ्यान, म्याग्नेसियम भिटामिनलगायतका वस्तुहरू रहेका छन्। यी सामानहरूको अनुमानित मूल्य करिब ४ लाख ५० हजार १५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद सामानलाई थप आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस्ता अवैध तस्करीका गतिविधिविरुद्ध प्रहरीले निरन्तर निगरानी तथा कारबाही गरिरहेको जनाइएको छ।

प्रेस विज्ञप्ति

Leave a Comment

सम्बन्धित खबर