
नेपालगञ्ज (बाँके), १४ पुस २०८२ । अयोध्यामा श्री राम मन्दिरमा राम ललाको प्राणप्रतिष्ठा भएको वार्षिकोत्सवको अवसरमा नेपालगञ्जमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। राष्ट्रिय सनातनी संघ नेपालगञ्जको आयोजनामा आउँदो १६ पुस २०८२ (३१ डिसेम्बर २०२५, बुधबार) का दिन श्री राम लला प्राणप्रतिष्ठा वार्षिक उत्सव मनाइने आयोजकले जनाएको छ।


कार्यक्रमका केन्द्रीय अध्यक्ष श्री श्रीनिवासाचार्य जी महाराज र जिल्ला अध्यक्ष श्री सौरब वर्माको नेतृत्वमा यो उत्सव आयोजना गरिँदैछ। आयोजकहरूले “हिन्दु राष्ट्र नेपाल” को नारा समेत अंकित गर्दै जय श्री रामको उद्घोषका साथ नगर शोभायात्रा २ बजे दिउँसो निकालिने बताउदै यो कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको बताए ।
यो उत्सव उत्तरप्रदेश भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको स्मरणमा मनाइने भए पनि नेपालगञ्जमा स्थानीय स्तरमा आयोजना गरिएको यो कार्यक्रमलाई ११ नम्बर वडाका अध्यक्ष नन्दकिशोर कश्यपले गरेको सहयोगत्मक पहलको लागि राष्ट्रिय सनातनी संघ समाजले प्रसंशा सराहना गरेका छन् ।

यस्तै अध्यक्षको यस प्रयासले राम भक्तहरूबीच यो उत्सवको उत्साह थपेको देखिन्छ र स्थानीय सनातनी समुदायले अध्यक्ष नन्दकिशोर प्रति आभार व्यक्त गर्दै यसलाई महत्वका साथ लिइरहेका छन्।
राम ललाको प्राणप्रतिष्ठा मूल रूपमा हिन्दू पञ्चाङ्ग अनुसार पौष शुक्ल द्वादशीमा मनाइने भएकाले भारतको अयोध्यामा यो वर्ष ३१ डिसेम्बरमा दोस्रो वर्षगाँठका रूपमा भव्य रूपले मनाइँदैछ। नेपालगञ्जको यो कार्यक्रम पनि सोही अवसरसँग जोडिएको राष्ट्रिय सनातनी संघ जिल्ला अध्यक्ष श्री सौरब वर्माले बताए ।

आयोजकहरूले सबै राम भक्तहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।
