बागेश्वरी सञ्चार सेवा प्रा.लि. द्वारा बाँकेको डुडुवा गाउँपालिकामा काग तिहारको दिन भव्य महादीपोत्सवको तयारी

संवाददाता
संवाददाता

नेपालगञ्ज, असोज २८, २०८२ – बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती पुल स्नान घाटमा यो वर्ष पनि तिहारको एक दिनअगाडि अर्थात् कार्तिक २ गते काग तिहारको दिन आइतबार साँझ ४ बजे ‘५१११ महादीपोत्सव’ कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा सहभागी भई पुण्य कार्यमा संलग्न हुन आयोजकले सम्पूर्ण नागरिकलाई हार्दिक निमन्त्रणा गरेको छ।

आयोजक बागेश्वरी सञ्चार सेवा प्रा.लि. नेपालगञ्जका अनुसार, यो महादीपोत्सव २०७८ सालदेखि प्रत्येक वर्ष दीपावलीको एक दिनअगाडि निरन्तर आयोजना हुँदै आएको बताएको छ। यस वर्षको ५१११ महादीपोत्सवमा हजारौं दीप प्रज्वलन गरी तिहारमा उल्लासयुक्त वातावरण सिर्जना गरिने बताइएको छ। कार्यक्रममा स्थानीय र आयोजकले दीपदान तथा सामूहिक प्रार्थनाको विशेष व्यवस्था गरिएको बताए।

डुडुवा गाउँपालिका र सम्पूर्ण नागरिक वर्गको सहयोगमा सञ्चालन हुने यो कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक एकताको सन्देश बोकेको आयोजकले जनाएको छ। राप्ती नदीको किनारमा अवस्थित स्नान घाटलाई विशेष सजावट गरी दीपोत्सवको तयारी शुरु भएको भने,

आयोजकका प्रतिनिधिका अनुसार, “यो महादीपोत्सवले तिहारको पवित्रतासँगै सामाजिक सहभागितालाई प्रोत्साहन दिन्छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ठूलो संख्यामा उपस्थित हुने अपेक्षा गरिएको भने।” कार्यक्रममा सहभागी हुन इच्छुकहरूले राप्ती पुल स्नान घाटमा नै पुग्न अनुरोध गरिएको बताए।

बागेश्वरी सञ्चार सेवा प्रा.लि. नेपालगञ्ज स्थानीय स्तरमा सञ्चार तथा सांस्कृतिक क्रियाकलापमा सक्रिय संस्था हो, जसले विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको जनाइएको छ।

Leave a Comment

सम्बन्धित खबर