जय सियाराम युवा क्लबको आयोजनामा माता बागेश्वरी पञ्चम महादीपोत्सव तथा १११५१ दीप प्रज्वलन कार्यक्रम

संवाददाता
संवाददाता

नेपालगन्ज, बाँके । जय सियाराम युवा क्लबको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिर नजिकै माता बागेश्वरी पञ्चम महादीपोत्सव तथा १११५१ दीप प्रज्वलन कार्यक्रम हुने भएको छ । यो कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ।

कार्यक्रमको पहिलो दिन २०८२ असोज ३१ गते (शुक्रबार) साँझ ५ बजेदेखि श्रीराजाराम शोभायात्रा आयोजना गरिनेछ । यो यात्रा त्रिशक्ति मन्दिर शितलनगरबाट सुरु भई शिव रामजानकी मन्दिरसम्म पुग्नेछ । दोस्रो दिन कार्तिक १ गते (शनिबार) दिउँसो १२ बजेदेखि सुन्दरकाण्ड पाठ हुनेछ । त्यसपछि साँझ ६ बजेदेखि दीपोत्सव, महाआरती तथा छप्पन भोगको कार्यक्रम रहेको छ । यो सबै क्रियाकलापहरू बागेश्वरी मन्दिर नजिकै सम्पन्न हुने बताए ।

आयोजक जय सियाराम युवा क्लबका अनुसार यो पञ्चम महादीपोत्सव धार्मिक उत्साह र भक्तिमय वातावरणमा मनाइने छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले सम्पर्क नम्बर ९८०४५२४००० मा सम्पर्क गर्न सक्नेछन् । सहयोगका लागि क्यूआर कोड स्क्यान गर्ने व्यवस्था पनि गरिएको छ । यस उत्सवले स्थानीय समाजमा धार्मिक एकता र सांस्कृतिक महत्वलाई बढावा दिने अपेक्षा गरिएको क्लबले बताएको छ ।

बागेश्वरी मन्दिर नेपालको महत्वपूर्ण हिन्दू तीर्थस्थल हो, जसलाई नेपालगन्जको दिव्य धामका रूपमा चिनिन्छ ।

Leave a Comment

सम्बन्धित खबर