
नेपाली नागरिकता त्यागेका १७ चिकित्सकको लाइसेन्स खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज (हटाएको) जानकारी गराएको छ ।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २४, नेपाल नागरिकता ऐन २०६३, नेपाल मेडिकल काउन्सिलको निर्णयअनुसार उनीहरुको नाम खारेज गरिएको हो । यसरी नाम खारेज हुनेहरुमा हङकङ नागरिक डा. शर्मिला गुरुङ, अस्ट्रेलियन नागरिक डा. रोशन भुषाल, ब्रिटिस नागरिक डा. मोती गुरुङ, अस्ट्रेलियन नागरिक डा. देवराज रेग्मी, ब्रिटिस नागरिक डा. मेरिना गुरुङ रहेका छन् ।
यस्तै नामावली हटाइएकामा अमेरिकी नागरिक डा. निरन्जनदेव पाण्डे, ब्रिटिस नागरिक डा. रोजन केसी, ब्रिटिस नागरिक डा. ममता गुरुङ, पोर्चुगाली नागरिक डा. राजीव हमाल, ब्रिटिस नागरिक डा. सलुजासिंह थारु, अमेकिी नागरिक डा. सुजना केसी, ब्रिटिस नागरिक डा. जोस्ना शाही, अमेरिकी नागरिक डा. मनिपा हमाल, क्यानेडियन नागरिक डा. सुप्रिया शाक्य, क्यानेडियन नागरिक डा. इच्छा न्यौपाने, अमेरिकी नागरिक डा. दिपेन ढकाल र भारतीय नागरिक डा. तुपार सरवजना रहेका छन् ।

स्रोत : अन्नपूर्ण
