बैंककै कर्मचारीले ग्राहकको मोबाइल नम्बर परिवर्तन गरि डेढ करोड बढी रकम अनधिकृत ट्रान्सफर

संवाददाता
संवाददाता

चैत १७ ,२०८२ मंगलवार

मोबाइल ब्यांकिङ तथा कनेक्ट आईपीएसको माध्यमबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कपिलवस्तु तौलिहवा शाखाका एक कर्मचारीले डेढ करोड बढी अनधिकृत रुपमा ट्रान्सफर गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार रिशभ कार्की नामका ती कर्मचारीलाई पक्राउ गरी बैंकिङ कसुरमा अनुसन्धान अगाडि बढाइएको हो।

उनले ब्यांकिङ प्रणालीभित्र प्रवेश गरी केही ग्राहकहरुका मोबाइल नम्बर परिवर्तन गरी आफूले प्रयोग गर्ने मोबाइल नम्बर उक्त खातामा प्रयोग गरी मोबाइल ब्यांकिङको ट्रान्ज्याक्सन अलर्ट समेत नहुने गरी मोबाइल ब्यांकिङ तथा कनेक्ट आईपीएसको माध्यमबाट १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रुपमा ट्रान्सफर गरेको जिप्रका कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

उनलाई इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो। पक्राउसागै उच्च अदालत तुल्सिपुर बुटवल रुपन्देहीबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको सिंहले जानकारी दिए।

स्रोत : नेपालखबर

Leave a Comment

सम्बन्धित खबर