गौरमा संस्कृत कर्मकाण्ड सम्बन्धि पठनपाठन सुरु

संवाददाता
संवाददाता

राैतहटकाे गौर नगरपालिका वडा नं. २ मा स्थापन भएको रामलखन हरि साह गुरुकुल विद्यापीठमा आइतबारदेखि संस्कृत कर्मकाण्डसम्बन्धी पठन–पाठन सुरु भएको छ।

राैतहट सदरमुकाम गाैरमा अवस्थित रामलखन हरि साह गुरुकुल विद्यापीठमा आयाेजित उद्धघाटन समारोह बीच गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले उद्घाटन गर्दै गुरुकुलमा नियमित कक्षा सञ्चालनको घोषणा गर्नु भएको छ ।

नगर प्रमुख साहका अनुसार स्थानीय बासिन्दाको मागअनुसार नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङ बाट अनुमति लिएर ६ महिनाको कर्मकाण्ड प्रशिक्षण सुरु गरिएकाे हो।

गाैर नगरपालिकाको सहयोगमा जुद्ध माध्यमिक विद्यालयको दक्षिणतर्फ गुरुकुल विद्यापिठकाे स्थापना गरेर आज देखि नियमित पठनपाठन सुरु गरिएकाे बताउदै नगर प्रमुख साहले कर्मकाण्ड प्रशिक्षणले युवामा नैतिकता, संस्कार र संस्कृतको विकास हुने विश्वास व्यक्त गर्नु भयाे ।

प्रशिक्षण सञ्चालनका लागि विश्वविद्यालयले तत्काल २५ विद्यार्थी कोटा उपलब्ध गराएको र त्यसकाे सम्पूर्ण खर्च गौर नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइएको गाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनु भएको छ ।

राैतहट जिल्लामै पहिलाे पटक संचालनमा आएको गुरुकुल विद्यापिठ संस्कार ,संस्कृति र कर्मकाण्ड सम्बन्धि ज्ञान आर्जन गर्नकाे लागि उपयुक्त स्थान भएको प्रशिक्षक ज्याेतिषाचार्य संजिब कुमार झाले बताउनु भएको छ ।

यसअघि कर्मकाण्ड अध्ययनका लागि महोत्तरी स्थित मटिहानी जानुपर्ने बाध्यता रहेकाे थियो जुन अब अन्त्य भएको छ। आगामी दिनमा गुरुकुलमा प्राज्ञ शास्त्री तहका कक्षा सञ्चालन गर्ने तयारी पनि भइरहेको नगरपालिकाले जनाएकाे छ ।

Leave a Comment

सम्बन्धित खबर