नेपाल-भारत सीमा क्षेत्र, रूपईडीिहा नाकामा चिनियाँ नागरिक पक्राउ

संवाददाता
संवाददाता

रूपईडीिहा नाका, बहराइच, नेपालगञ्ज नजिकैको भारत–नेपाल सीमा क्षेत्रमा एक जना चिनियाँ नागरिकलाई भारतीय सुरक्षा फौजले पक्राउ गरेको छ। यो कारबाही भारतको सशस्त्र सीमा बल (एसएसबी) र उत्तर प्रदेश आतंकवाद निरोधक दस्ता (एटीएस) को संयुक्त टोलीले गरेको हो।

घटना आइतबार ७ गते दिउँसो करिब २:३० बजे भएको हो। सीमा स्तम्भ नं. ६५१/०७ नजिक नेपालतर्फबाट एक व्यक्ति भारतीय भूमिमा करिब ६० मिटर भित्र पसेर सीमा क्षेत्रका संरचना र दृश्यहरू मोबाइलमा भिडियो/फोटो खिचिरहेको अवस्थामा फेला परेका थिए।

एसएसबी चौकी रुपइडीहा र एटीएस टोलीले उनलाई रोकेर सोधपुछ गर्दा हिन्दी वा अंग्रेजी भाषा नबुझेजस्तो गरेपछि शंका लाग्यो। उनलाई थप अनुसन्धानका लागि एसएसबी क्याम्पमा लगेको थियो ।

यस्तै तलासी गर्दा उनको साथबाट बरामद भएका सामग्रीहरूः
३ वटा मोबाइल फोन
चिनियाँ राहदानी (पासपोर्ट) पाकिस्तानी, नेपाली र भियतनामी भिसा यूनिपे कार्ड र नेपालको नक्सा (जसमा भारत–नेपाल सीमा नजिकका केही नेपाली स्थानहरूमा चिन्ह लगाइएको) पाकिस्तानी रुपैयाँ ८,९५०, नेपाली रुपैयाँ १५,२३५ , चिनियाँ युआन ८,५०६ तथा अन्य सिक्का र परिचयपत्रहरू रहेका छन् ।

 

यसैगरी पक्राउ परेका व्यक्तिको नाम लिऊ कुन्जिङ (उमेर ४९ वर्ष), स्थायी ठेगाना चीनको हुनान प्रान्त रहेको राहदानीबाट खुलेको छ। प्रारम्भिक सोधपुछमा उनले बताएअनुसारः
२९ अक्टोबरदेखि १० नोभेम्बर २०२५ सम्म पाकिस्तान बसेका १५ नोभेम्बरमा पर्यटक भिसामा काठमाडौँ आएका
काठमाडौँ → बुटवल → नेपालगञ्ज सडक मार्गबाट आएका फर्निचरको व्यापारका लागि पाकिस्तान र नेपाल आएको र अब नयाँ दिल्ली जाने योजना रहेको बताए ।

यस्तै उनको साथमा भारतीय भिसा नभेटिएकाले भारतीय भूभागमा गैरकानुनी प्रवेश गरेको ठहर भएको छ। यो कार्य भारतको विदेशी ऐन तथा आप्रवासन ऐन २०२५ को दफा २१ अन्तर्गत दण्डनीय मानिन्छ।

सोमबार ८ गते  बिहान ११ बजेतिर उनलाई विधिवत हिरासतमा लिइएको र सर्वोच्च अदालत तथा मानवअधिकार आयोगका सबै निर्देशनहरू पालना गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।

अहिलेसम्म घटनालाई जासुसी वा अन्य कुनै गम्भीर उद्देश्यसँग जोडेर आधिकारिक पुष्टि भएको छैन, तर सीमा क्षेत्रमा संवेदनशील सामग्री खिच्ने र भारतीय भिसाविना प्रवेश गर्ने कार्यका कारण थप अनुसन्धान भइरहेको बुझिएको छ।

हाल यस्ता खाले घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ। यस्तो घटनाहरुलाई नियन्त्रण गर्न एसएसबी र स्थानीय प्रहरीको संयुक्त टोलीले निगरानी बढाएको छ। हालैका दिनहरूमा यस्ता अवैध घुसपैठका घटनाहरू बढेका छन्, जसले सुरक्षाबलहरूलाई थप सतर्क बनाएको छ।

प्रेस नोट

Leave a Comment

सम्बन्धित खबर