
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार बबरमहलमा आयोजित युवाहरूको प्रदर्शनलाई नेतृत्व गर्दै उनले जेनजी आन्दोलनको नाम दाबी गर्दै आफूहरूका गतिविधिमा अवरोध आउने ठाउँमा प्रतिरोध गर्ने बताएका हुन् । उनले वास्तविक जेनजी पुस्ताका मुद्दा र माग सम्बोधन गर्ने क्षमता एमालेमै भएको दाबी गरे ।
जेनजी आन्दोलनमा घाइते तथा सहिदका परिवारलाई न्याय दिन प्रतिनिधिसभा पुनस्र्थापना आवश्यक रहेको उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज ‘युथ भोलेन्टियर फोर्स’को केन्द्रीय कमाण्ड घोषणा गर्दै छन् ।
