नेपालमा विवादित पतञ्जलीले भारतको हरिद्वारमा खोल्यो अस्पताल

संवाददाता
संवाददाता

यस अवसरमा स्वामी रामदेवले भने, “आज चिकित्सा विज्ञानको एक नयाँ अध्याय प्रारम्भ भएको छ। पतञ्जलीको यो व्यवस्था एक न्यायमुखी चिकित्सकीय लोकतान्त्रिक प्रणाली हो, जसको उद्देश्य व्यापार होइन, रोगीलाई सेवा र न्याय दिनु हो।” उनले भने कि हरिद्वारमा भएको यो उद्घाटन केवल सुरुवात हो—दिल्ली–एनसीआर क्षेत्रमा एम्स, अपोलो वा मेदान्ताभन्दा पनि ठूलो र सेवा–मुखी अस्पताल चाँडै निर्माण गरिनेछ। “यो कुनै कर्पोरेट अस्पताल होइन, बरु को–अपरेट अस्पताल हुनेछ, जहाँ नाफा होइन, रोगीको सेवा नै प्राथमिकता हुनेछ,” उनले जोड दिए।

स्वामी रामदेवका अनुसार पतञ्जलीको यो अस्पताल एकीकृत चिकित्सा प्रणाली (Integrative Medicine System) मा आधारित छ—जहाँ आयुर्वेद, आधुनिक चिकित्सा र प्राकृतिक उपचारबीच समन्वय गरिएको छ। उनले भने, “जहाँ अत्यावश्यक हुन्छ, त्यहाँ हामी आधुनिक चिकित्सा विज्ञानको सहारा लिनेछौँ। हाम्रो टोलीमा आयुर्वेदका वैद्य, आधुनिक चिकित्सक, प्राकृतिक उपचारक र दक्ष पैरामेडिकल स्टाफ छन्।”

अस्पतालका सुविधा र विशेषताः

क्यान्सर सर्जरी बाहेक सबै प्रमुख सर्जरी यहाँ गर्न सकिनेछ।

भविष्यमा क्यान्सर सर्जरीको पनि व्यवस्था हुने योजना छ।

मस्तिष्क, मुटु र मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रियाका लागि अत्याधुनिक व्यवस्था।

स्क्यान, एक्स–रे, अल्ट्रासाउण्ड, प्याथोलोजी लगायत सम्पूर्ण परीक्षण सुविधा।

विश्वका उत्कृष्ट अस्पतालका मापदण्ड अनुसार सेवा।

रोगीलाई मनपरी शुल्क र महँगा प्याकेजबाट मुक्त गराउने योजना।

स्वामी रामदेवले आचार्य बालकृष्णको योगदानप्रति आभार व्यक्त गर्दै भने, “यो सम्पूर्ण योजनामा श्रद्धेय आचार्यजीको पुरुषार्थ र समर्पण निहित छ।”

आचार्य बालकृष्णले आफ्नो सम्बोधनमा भने, “चिकित्सा प्रणालीमा आधुनिक विज्ञानको आवश्यकता केवल २० प्रतिशत मात्र छ। बाँकी ८० प्रतिशत परम्परागत उपचार प्रणाली जोडिएमा हामी चार–पाँच वर्षभित्र विश्वव्यापी चिकित्सा व्यवस्थामा क्रान्ति ल्याउन सक्छौं।” उनले भने, “क्रिटिकल केयरका लागि आधुनिक विज्ञान आवश्यक भए पनि असाध्य रोगहरूका समाधानका लागि योग र आयुर्वेद अपरिहार्य छन्।”

उनले चरक र सुश्रुत संहिताको उद्धरण दिँदै भने, “चिकित्सकको लक्ष्य कुनै विशेष पद्धतिलाई बढावा दिनु होइन, रोगीलाई निरोग बनाउनु हो। आज हाम्रो चिकित्सा प्रणाली पद्धतिहरूमा बाँडिएको छ, तर मूल उद्देश्य त रोगीको पीडा हटाउनु हो।”
आचार्य बालकृष्णका मुख्य विचारहरूस्

“यहाँका चिकित्सकहरूलाई कुनै आर्थिक टार्गेट दिइएको छैन, केवल एक लक्ष्य छ — रोगीलाई आरोग्य प्रदान गर्नु।”
“हामी यो परियोजनालाई विश्वकै सेवा–केन्द्रित आदर्श अस्पताल मोडेल बनाउनेछौं।”

“पतञ्जलीसँग अनुसन्धानका लागि विश्वस्तरीय सुविधा छ — क्लिनिकल डेटा, एविडेन्स–बेस्ड मेडिसिन, बायो–सेफ्टी लेभल–२ प्रमाणन, इन–विवो र इन–भिट्रो अनुसन्धान प्रयोगशालाहरू, न्यूक्लियर मेडिसिन र पर्सनलाइज्ड मेडिसिनमा अनुसन्धान।”
उनले भने, “हाम्रो वर्षौंको सपना साकार हुँदैछ। निकट भविष्यमा पतञ्जली र श्रद्धेय स्वामीजी एकीकृत चिकित्सा प्रणालीका विश्व प्रतीक बन्नेछन्।”

उद्घाटन कार्यक्रममा विभिन्न विभागका वरिष्ठ चिकित्सकहरू, अनुसन्धानकर्ता, पतञ्जलीका इकाई प्रमुख, प्राचार्य, संन्यासी र साध्वीहरू सहभागी भएका थिए।

नोटः यो समाचार दैनिक जागरण ब्रान्ड डेस्कद्वारा लेखिएको हो।

स्रोत : ajakoartha

Leave a Comment

सम्बन्धित खबर