युवा नेपाल समितिद्वारा निःशुल्क पाँचदिने आवासीय योग शिविर आयोजना

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – युवा नेपाल समिति, लुम्बिनी प्रदेशको आयोजनामा मिति २०८२ कार्तिक ९ गतेदेखि १३ गतेसम्म नेपालगञ्जको रामलीला मैदान नजिक पाँचदिने निःशुल्क आवासीय ‘युवा संस्कार एवं योग शिविर’ सञ्चालन हुने भएको छ। यो शिविर पूर्णतः निःशुल्क रहेको र १५ देखि ३० वर्ष उमेर समूहका युवा, विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरिएको आयोजकले जनाएको छ।

शिविरको मुख्य उद्देश्य
संस्कार, संस्कृति र स्वाभिमानसहितको योग शिक्षा प्रदान गर्ने
युवाहरूलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सशक्त बनाउने
वैदिक जीवनशैली र प्राचीन ध्यान विधिको अभ्यास गराउने

प्रशिक्षणका मुख्य विषयहरू

१ – अष्टाङ्ग योगको परिचय र अभ्यास
२- प्राचीन ध्यान विधिबाट मन शान्त गर्ने तरिका
३- एकाग्रता र स्मरण शक्ति वृद्धिका विधिहरू
४- आयुर्वेद र जडीबुटीसम्बन्धी ज्ञान
५ – वैदिक संस्कृति तथा जीवनशैलीको जानकारी
६ – हवन (देवयज्ञ) विधि, फाइदा र दैनिक अभ्यास
७ – आत्मरक्षाका प्रारम्भिक योगाभ्यास
८ – सङ्गीतमय व्यायामहरू:
° सूर्य नमस्कार
° भूमि नमस्कार
° सर्वाङ्ग सुन्दर व्यायाम
° मास पीटी
° डम्बेल व्यायाम
° तालबादनका विविध अभ्यास

शिविरमा सहभागिताका शर्तहरू
उमेर: १५ देखि ३० वर्ष
पोशाक: सेतो टि-सर्ट र निलो ट्राउजर (अनिवार्य)
साथमा ल्याउनुपर्ने: डायरी र पेन
खाना र बसाइ: पूर्ण निःशुल्क

प्रमुख प्रशिक्षक तथा संरक्षक
शिविरमा पूज्या साध्वी देव बिजया ज्युको सान्निध्य रहनेछ भने राष्ट्रिय स्तरका कुशल योग प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।

आयोजकको अपील
पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपालका सबै केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा तथा साधना केन्द्रका पदाधिकारी, आजीवन सदस्य, योग शिक्षक, साधक-साधिकाहरूलाई योग्य युवाहरूलाई सहभागी गराउन विशेष अनुरोध गरिएको छ।


स्थान: रामलीला मैदान नजिक, नेपालगञ्ज, बाँके
सम्पर्क: ९८४८२२२२२९, ९८४८०४४४०८, ९८५८०२१७७२, ९८४८०३३३९३
प्रभारी: दुर्गा चौधरी, युवा नेपाल समिति, लुम्बिनी प्रदेश

Leave a Comment

सम्बन्धित खबर