
काठमाडौं । सरकारले उखु किसानलाई अनुदानबापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको हो ।

निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।तर यो रकम प्राप्त हुन नसक्दा उखु किसानले आइतबारदेखि केन्द्रित आन्दोलन सुरु गरेका थिए ।
स्रोत : Singhadarbarnews
