
शिवराज साहू : Asia Tv Nepal

भारत-नेपाल सीमा स्थित उत्तर प्रदेशको बहराइच जिल्लाको रूपईडीहा क्षेत्रमा प्रहरी र एन्टी नारकोटिक्स टास्क फोर्स (ANTF) लखनऊको संयुक्त टोलीले ठूलो सफलता हासिल गरेको छ।
चकिया रोडमा रहेको एक मोबाइल रिपेयरिङ दुकानमा छापा मार्दा ६ किलो ७७० ग्राम चरस बरामद भएको छ। बरामद गरिएको चरसको अनुमानित मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १.५० करोड भारतीय रुपैयाँ रहेको प्रभारी निरीक्षक आरएस रावतले बताए।
यस्तै गिरफ्तार आरोपीको नाम इस्माइल रहेको छ, जो रूपईडीहा थाना क्षेत्रको जमुनहा गाउँको स्थानीय बासिन्दा हुन्। उनलाई( दुकान ) पसलबाटै पक्राउ गरिएको छ।
पक्राउ परेका आरोपी इस्माइललाई संयुक्त टोली : ANTF लखनऊ र रूपईडीहा प्रहरीले रुपईडिहाको चकिया रोड, स्थित एक मोबाइल पसलबाट (दुकान) पक्राउ गरेको छ।आरोपीविरुद्ध NDPS ऐनअन्तर्गत मुद्दा दर्ता गरी बहराइच अदालतमा पेश गरिएको छ। प्रहरीले तस्करी नेटवर्कको थप अनुसन्धान गरिरहेको प्रभारी निरीक्षक रावतले भने।
यसैगरी भारत-नेपाल सीमामा हुने लागूऔषध तस्करीलाई रोक्ने प्रयासमा महत्वपूर्ण योगदान दिदै आएको छ। साथै प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ।


