बाके जिल्लामा विलुप्त हुँदै फुलौरी : अवधी भाषी समाजमा लोकप्रिय ‘फुलौरी’ को सम्झना

संवाददाता
संवाददाता

शिवराज साहू :- Asia Tv Nepal

नेपालगञ्ज, १४ वैशाख — नेपालको तराई क्षेत्र, विशेष गरी बाके जिल्लाको अवधी भाषी समुदायमा लोकप्रिय ‘फुलौरी’ ले फेरि एकपटक बाल्यकालका मीठा सम्झनाहरू ताजा बनाएको छ। यो फुलौरी वास्तवमा कटहर (कटहल) को सानो भाइ मानिने बडहर (वैज्ञानिक नाम: Artocarpus lacucha वा Monkey Jack) को फूल हो।

बाके जिल्लाका विभिन्न बगैंचा र जङ्गलमा पाइने यो रूखको फूल अहिले फुल्ने मौसम सुरु भएको छ। स्थानीयवासीका अनुसार, आमको मौसम सकिएपछि बडहर पाक्ने समय आउँछ।

बाल्यकालमा बच्चाहरूले यसको गूदा (पल्प) खाने गर्थे। स्वादमा खटास मिसिएको मीठो हुने यो फल अधकचिलो अवस्थामा भुसाको ढिस्कोमा राखेर पकाउने प्रचलन पनि थियो।

बडहरको फल खट्टा-मीठा स्वादको हुन्छ। पकिसकेपछि यो चिल्लो र स्वादिष्ट हुन्छ। तराई नेपालमा यसलाई ‘बडहर’ भनिन्छ भने पञ्जाबमा ‘टेयू’ वा ‘ढेउ’ नामले चिनिन्छ। त्यहाँ यसको काँचो फलबाट अचार बनाउने प्रचलन निकै लोकप्रिय छ, जुन लामो समयसम्म टिक्ने र स्वादिष्ट हुन्छ।

यो रूख उष्णकटिबन्धीय क्षेत्रमा पाइन्छ र कटहर परिवारको सदस्य हो। यसको फल सानो गोलाकार वा अनियमित आकारको हुन्छ, जसको आकार २ देखि ५ इन्चसम्म हुन्छ। पकाउँदा हरियोबाट पहेँलो-रातो रङ्गमा परिवर्तन हुन्छ। नेपालको तराईका साथै भारतको विभिन्न भागमा पनि यो फल पाइन्छ।

स्थानीय रामु पालका अनुसार, बगैंचामा बडहरका रूखहरू पहिले धेरै थिए तर अहिले क्रमशः घट्दै गएका छन्। बाल्यकालको यो स्वादिष्ट फल र फुलौरीको सम्झनाले अझै पनि तराईका गाउँ-बस्तीमा पुराना दिनहरूको याद दिलाउँछ।

यो मौसममा बाकेका बगैंचामा फुलौरी (बडहरको फूल) देख्न सकिन्छ, जसले स्थानीय कृषि जैविक विविधता र परम्परागत खानपानको महत्व झल्काउँछ।

Leave a Comment

सम्बन्धित खबर