
बाँके, असार २५ बुधबार / मेराज सल्मानी

कोहलपुरस्थित बागेश्वरी इंग्लिस मिडियम स्कूलमा कक्षा ८ मा अध्ययनरत तीन बालक हराएको केही समयपछि कोहलपुर चौराहामा सुरक्षित फेला परेका छन्। हराएका बालकहरूमा १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोविन्द्र खड्का रहेका छन्।
बुधवार दिउँसो स्कूलपछि सम्पर्कविहीन भएका उनीहरूको खोजतलासमा परिवार, विद्यालय प्रशासन र स्थानीयवासी सक्रिय भएका थिए। स्थानीयको सहयोगमा उनीहरूलाई चौराहामा सुरक्षित अवस्थामा फेला पारिएको हो।
प्रहरी स्रोतका अनुसार बालकहरूलाई अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु भएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। विद्यालय प्रशासन र सुरक्षाकर्मीले बालबालिकाको सुरक्षाप्रति अभिभावक र शैक्षिक संस्थाहरूलाई थप सजग रहन आग्रह गरेका छन्।

