नेपालगञ्ज वडा नं. १८ मा पक्की नाला सहित पीसीसी सडक निर्माण सम्पन्न

संवाददाता
संवाददाता

२५ असार २०८२ बुधबार / मेराज सल्मानी

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा प्रहरी तालिम केन्द्र पछाडिको मुख्य सडकमा पक्की नाला सहितको पीसीसी (Plain Cement Concrete) सडक निर्माण कार्य सम्पन्न भएको छ।

वडा अध्यक्ष दीपक बर्माले यो सडकले स्थानीय बासिन्दाको दैनिक आवागमनमा सहजता ल्याउने र बर्खायाममा पानी जम्ने समस्याबाट राहत मिल्ने बताए। सडकको दायाँ–बायाँ निर्माण गरिएको नालाले जल निकासमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाले यो विकास कार्यको स्वागत गर्दै वडाध्यक्ष र उपमहानगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन्। वडा कार्यालयका अनुसार आगामी दिनमा थप सडक र नाला निर्माणका योजनाहरू पनि क्रमशः अगाडि बढाइनेछ।

Leave a Comment

सम्बन्धित खबर

दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५
दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५