गुरु पूर्णिमाको शुभ अवसरमा नेपालगन्जमा भव्य कार्यक्रमको आयोजना

संवाददाता
संवाददाता

नेपालगन्ज, २५ असार २०८२

प्रत्येक वर्षझैं यस वर्ष पनि गुरु पूर्णिमाको पावन अवसरमा गुरु परम्परालाई निरन्तरता दिंदै नेपालगन्ज वडा नं. २ स्थित श्रीहनुमंत गौशालामा भव्य कार्यक्रमको आयोजना हुने भएको छ। श्रीहनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति र श्री सुन्दरकाण्ड मित्र मण्डल, नेपालगन्जको संयुक्त आयोजनामा मिति २०८२ असार २६ गते बिहीबार (गुरुबार) बिहान पूजा, अर्चना र गुरु ढोगको कार्यक्रम हुने आयोजकले बताए।

कार्यक्रमअन्तर्गत बिहान गुरु पूजा र ढोगको आयोजना गरिनेछ भने दिउँसो १२ बजे भगवानको भोग प्रसाद ग्रहणको व्यवस्था गरिएको छ। आयोजक समितिले खानेपानी ट्याङ्की पछाडिको मन्दिर परिसरमा सम्पूर्ण गुरुजन, भक्तजन र स्थानीयवासीलाई सपरिवार सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

“ॐ नमो नारायण ! सम्पूर्ण गुरुजनप्रति सत् सत् नमन !! सपरिवार हार्दिक निमन्त्रणा !!!” भन्दै आयोजकले सबैलाई यो पवित्र अवसरमा सहभागी भई गुरु परम्पराको सम्मान र भगवानको कृपा प्राप्त गर्न आयोजक श्रीहनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समिति श्री सुन्दरकाण्ड मित्र मण्डल, नेपालगन्ज आह्वान गरेको छ।

 

Leave a Comment

सम्बन्धित खबर

दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५
दुर्गा प्रसाईं आजै निस्किने

दुर्गा प्रसाईं आजै निस्किने

२०८२ श्रावण १९, सोमबार १६:२५