भेरी अस्पतालमा ओपीडीको भीड, सेवाग्राही मर्कामा

संवाददाता
संवाददाता

नेपालगञ्ज, बाँके – २४ असार २०८२ मंगलवार

बाँकेको भेरी अस्पतालमा ओपीडी (बाह्य रोगी सेवा) मा बिरामीको भीड बढ्दै गएको छ। राम्रो डाक्टर र विशेषज्ञ सेवाको आकर्षण भए पनि अस्पतालको व्यवस्थापन र कर्मचारीको रूखो व्यवहारले सेवाग्राही मर्कामा परेका छन्। बिरामीहरूलाई बस्ने र उभिने ठाउँको समेत अभाव भएको गुनासो बढेको छ।

खजुराका एक पीडितले नाम नबताउने शर्तमा आफ्नो दुखेसो पोख्दै भने, “अस्पतालमा डाक्टर राम्रा छन्, तर गेटमा पर्चा बनाउने र नम्बर बोलाउने कर्मचारीको रूखो व्यवहारले बिरामीको मन दुख्छ। भीडमा न बस्ने ठाउँ छ, न त व्यवस्थित लाइन। यस्तो अवस्थामा प्राइभेट अस्पतालमा जचाउन बाध्य हुनुपर्छ।” उनले थपे, ”

किन हो, भीड व्यवस्थापन गर्न कन्जुस्याइँ गरेको?”

भीड व्यवस्थापन गर्न र कर्मचारीलाई सेवाग्राहीमैत्री व्यवहार गर्न तालिम दिन आवश्यकता देखिएको छ। अन्यथा, राम्रो डाक्टर र सुविधा भएर पनि बिरामीहरू निजी अस्पतालतर्फ आकर्षित हुने क्रम बढ्ने देखिन्छ पीडितले दुख पोख्दै भनेका छन्  ।

Leave a Comment

सम्बन्धित खबर