मोहर्रम पर्वमा नेपालगञ्जको विद्यालयहरूमा बिदा

संवाददाता
संवाददाता

मेराज सल्मानी

असार २१ नेपालगंज – मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरूमा बिदा दिएको छ।

उपमहानगरपालिकाले इस्लाम धर्मावलम्बीहरूको महान पर्व मोहर्रमको सम्मानमा सांस्कृतिक सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्यले असार २२ गते आइतबार एक दिनको बिदा दिएको हो।बिदासम्बन्धी सूचना उपमहानगरले सबै विद्यालयहरूलाई पठाइसकेको छ।

यसैगरी पर्वको दिन शान्ति सुरक्षा तथा व्यवस्थापनमा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिएको उपमहानगरले जनाएको छ।नेपालगञ्जमा मोहर्रम पर्व विशेष रूपमा ताजिया जुलुस, मठ मजार तथा धार्मिक कार्यक्रमहरू आयोजना गर्दै धार्मिक उत्साहका साथ मनाइँदै आएको छ

Leave a Comment

सम्बन्धित खबर