
मेराज सल्मानी / असार २१ गते

नेपालगञ्ज – आज नेपालगञ्जमा मुस्लिम समुदायले मोहर्रम पर्वको ९औं दिन विशेष श्रद्धा र सम्मानका साथ मनाउदै छन।हजरत इमाम हुसैन र उनका अनुयायीहरूको बलिदान सम्झिँदै विभिन्न स्थानहरूमा ताजिया राखिदै छ।
शहरका विभिन्न क्षेत्रहरूमा आज रात्रि ताजिया राखी फातिया नियाज़ गरी मोहर्रम पर्व को ९ औ दिन मनाउने चलन छ । शान्तिपूर्ण रूपमा मनाइएको यो पर्वमा सुरक्षाका लागि प्रहरी प्रशासनले विशेष सुरक्षा व्यवस्था मिलाएका छन ।

स्थानीय मुस्लिम समुदायका अगुवा मो. हारून ले मोहर्रमको ऐतिहासिक र धार्मिक महत्वका बारेमा जानकारी दिँदै समाजमा शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने कार्य भइरहेको बताएका छन्।

१०औं दिन अर्थात ‘आशुरा’का लागि तयारीहरू पनि तीव्र गतिमा भइरहेको जनाइएको छ।
