५५ वर्षीया महिला जन्नतुन पठान बेपत्ता, खोजीका लागि परिवारको अपिल

संवाददाता
संवाददाता

२१ असार २०८२ शनिबार

नेपालगन्ज, बाँके – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोजीस्थित हुसेनी मस्जिद पछाडि बस्ने ५५ वर्षीया जन्नतुन पठान बुधवार दिउँसोदेखि बेपत्ता भएकी छन्। रज्जु पठानकी पत्नी जन्नतुन बुधवार दिउँसो “रुपैडिहा जान्छु” भन्दै घरबाट निस्किएकी थिइन्, तर हालसम्म उनी घर फर्किएकी छैनन्।

परिवारले उनको खोजतलास गर्दा कुनै जानकारी प्राप्त नभएको र उनको अवस्थाबारे चिन्तित रहेको जनाएको छ। जन्नतुनको खोजीमा सहयोग गर्न परिवारले सर्वसाधारणसँग अपिल गरेको छ। यदि कसैले उनको बारेमा कुनै जानकारी प्राप्त गरेमा वा फेला पारेमा तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क नम्बर:
फोन/व्हाट्सएप: +977 9703823176
ठेगाना: हुसेनी मस्जिद पछाडि, धम्बोजी, नेपालगन्ज, बाँके

परिवारले प्रहरीमा पनि खबर गरेको र खोजी कार्य जारी रहेको जनाएको छ। कुनै पनि जानकारी भएमा नजिकको प्रहरी वा प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क गरि सहयोग गरिदिन परिवारजनले सबैमा अनुरोध गरेका छ।

Leave a Comment

सम्बन्धित खबर