जानकी नवमीको उपलक्ष्यमा मन्दिरमा सवा लाख दीप प्रज्ज्वलन गरिने

संवाददाता
संवाददाता

जनकपुर । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख दीप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा शनिबार बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन

जानकी सेनाको अगुवाइमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला दीप प्रज्ज्वलन गरिँदै आएको छ । दीप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ ।

यता जानकी मन्दिरले भने शनिबारको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ रामरोशन दासले जानकारी दिए ।

उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धूमधामका साथ मनाइने बताए ।

उनले शनिबार बिहान जनकपुरधामको दूधमत्ती नदीमा शाही स्नान गरिने कार्यक्रम रहेको बताए ।

सो पश्चात जानकीजीको डोलासहित विशेष गाजाबाजाका साथ नगरपरिक्रमा गर्ने उनले जानकारी दिए ।

जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ रामरोशन दासले बताए ।

जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आआफ्नो घर आँगनमा दीपावली मनाउने गर्छन् ।

Leave a Comment

सम्बन्धित खबर