बालेन शाह प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको खुसीमा दिवाभोज,नयाँ वर्षको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम

संवाददाता
संवाददाता

शिवराज साहू :- Asia Tv Nepal

नेपालगञ्ज, २९ चैत्र । साहु समाज जिल्ला कार्य समिति तथा साहु समाज युवा समिति बाँके (नेपालगञ्ज) ले काठमाडौं महानगरपालिकाका पूर्वमेयर सम्माननीय बालेंद्र शाह (बालेन शाह) लाई प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको खुसीमा दिवाभोजसहित आगामी नयाँ वर्ष २०८३ को उपलक्ष्यमा बधाई तथा शुभकामना कार्यक्रम शनिबार आयोजना गरेको थियो।

कार्यक्रम शनिबार बिहान ११ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ स्थित राधा कृष्ण मन्दिर, साहु समाज धर्मशालामा सम्पन्न भएको हो । हंसराम साहूको अध्यक्षता सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि समाजसेवी जग्गादाता माधवराम बर्मा,छिमेकी राष्ट्र भारत मटेरा बाट आउनु भएका इन्जिनियर अभिनाष गुप्ता, पुर्व मेयर बिजय गुप्त, रामफेरन बर्माको उपस्थिति रहेको थियो भने साहु समाजका पदाधिकारी, युवा समिति सदस्य तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष हंसराम साहूको अनुसार कार्यक्रमको मुख्य उद्देश्य बालेन शाहको प्रधानमन्त्री पद ग्रहणलाई सम्मान गर्दै नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नु रहेको थियो । यस अवसरमा साहु समाजले बालेन शाहको नेतृत्वमा मुलुकको समृद्धि, विकास र सुशासनमा उल्लेखनीय योगदान पुग्ने विश्वास अध्यक्ष साहूले व्यक्त गरे ।

यस्तै खानेपानी सरसफाइ डिभिजन कार्यालय नेपालगन्जदेखि रिटायरमेन्ट सहयोगी राम शरण साह वा अन्य सहयोगी हातहरुले नीलसागर आश्रममा सय बढीलाई भोजन गराइएको राधाकृष्ण मन्दिरका अध्यक्ष विमल साहूले बताए ।

कार्यक्रममा सम्मानित जगमोहन तेली,शहरी विकास डिभिजन कार्यालयका प्रबन्धक राम आसरे साह, अहोरात खटने साह,समाज समितिका अभिभावक हरिष कुमार गुप्ता, राधाकृष्ण मन्दिरका अध्यक्ष विमल साहू, युवा संघका अध्यक्ष रामकिशुन साहू, युवा संघका वृजलाल साहु, दिनेश साहू राजेन्द्र साहू ,श्याम साहु लगायत दर्जन बढी व्यक्तित्वलाई सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन समाजका सचिब प्रदीप शाहले गरेका थिए।

यस्तै बधाई , शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रममा साना बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । दिवाभोजमा सय बढी साहु परिवारका सदस्यहरू सहभागी भएका थिए ।

स्थानीय साहु समाजका स्वाजातीय बन्धुहरू कार्यक्रममा उपस्थित भई बालेन शाहप्रति एकताबद्ध समर्थन व्यक्त गरेका छन् । उनीहरूले बालेन शाहको नेतृत्वले देशलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

Leave a Comment

सम्बन्धित खबर