
नेपालगञ्ज, २१ चैत । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको संयुक्त टोलीले १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर (खैरो धुलो पदार्थ)सहित चार जनालाई पक्राउ गरेको छ। 

प्रहरीको प्रेस विज्ञप्तिअनुसार, २०८२ चैत २० गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँच गर्दा उनीहरूबाट उक्त लागु औषध बरामद भएको हो। पक्राउ पर्नेहरूमा निम्न व्यक्ति रहेका छन् :
१. जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने सोनु जोलाह
२. सोही ठेगाना बस्ने इरफान जोलाह
३. सोही ठेगाना बस्ने मन्ना जोलाह
४. सोही ठेगाना वडा नं. १८ बस्ने सुमेर शेष रहेका छन ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राखेको जनाएको छ। बरामद गरिएको लागु औषधको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको विज्ञप्तिमा पक्राउ लागु औषध नियन्त्रण अभियानअन्तर्गत गरिएको उल्लेख छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
