भेरी अस्पतालमा १८७ नयाँ सिफलिस बिरामी पहिचान

संवाददाता
संवाददाता

बाँके । भेरी अस्पतालमा गरिएको सिफलिस (भिरिङ्गी) सम्बन्धी अनुसन्धानका क्रममा पछिल्ला तीन महिनामा १८७ जना नयाँ संक्रमित बिरामी भेटिएका छन्।

अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँका अनुसार पहिचान भएका बिरामीमध्ये अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन्। केही बालबालिकादेखि ६५ वर्षसम्मका व्यक्तिमा समेत संक्रमण देखिएको उनले जानकारी दिनुभयो।

अस्पतालले सिफलिसको परीक्षण, परामर्श र उपचारका लागि ‘भेनस कर्नर’ स्थापना गरी निःशुल्क तथा गोप्य सेवा प्रदान गर्दै आएको छ। केही बिरामीहरू पुरानो संक्रमण पुनः जाँचका लागि पनि आएको बताइएको छ।

अनुसन्धान जारी रहेको र यसले संक्रमणको अवस्था, उपचार चुनौती तथा सामाजिक सचेतनाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

स्रोत : केन्द्रबिन्दु

Leave a Comment

सम्बन्धित खबर