वीरगञ्ज तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यु आदेश जारी अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल

संवाददाता
संवाददाता

वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार बिहान १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

आइतबार साँझ वीरगञ्ज महानगर–११ श्रीपुरमा गाडी पार्किङको विषयमा दुई समुदायबिच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो।

दुवै पक्ष झडपमा उत्रिए स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेर भिड तितरबितर पारेको थियो।

सोमबार बिहानैदेखि नारा जुलुस हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरेको छ ।

सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा परिचालन गरिएको पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताएका छन्।

सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न समेत पर्सा प्रशासनले अपिल गरेको छ।

Leave a Comment

सम्बन्धित खबर