
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा. डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले ५-६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको दाङका प्रवक्ता डिएसपी चक्र शाहले बताएका छन् ।
उपकुलपति नेपालको क्वाटरमै पुगेर उक्त समूहले कालो मसी छर्केको डिएसपी चक्र शाहले बताए । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठसहितको प्रहरी टोली पुगेको उनले बताए ।
डिएसपी शाहले घटनाबारे बुझ्ने काम भइरहेको र घटना संलग्नलाई खोजेर पक्राउ गर्न प्रहरी परिचालन भइसकेको जानकारी दिएका छन् ।
स्रोत : प्रशासन
