तीन छुट्टाछुट्टै घटनामा अवैध तस्करीका सामानहरू बरामद

संवाददाता
संवाददाता

नेपालगञ्ज, मंसिर २९ (२०८२) — बाँके जिल्ला प्रहरीले भारतसँगको सीमा क्षेत्रमा अवैध तस्करी रोक्ने क्रममा विभिन्न सामानहरू बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दीपक पातलीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार तीन छुट्टाछुट्टै घटनामा तस्करीका सामान बरामद गरिएका छन्।

पहिलो :  जानकी गाउँपालिका–१ पचपोखरीमा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ब्रोइलर कुखुराका चल्ला ५८५ वटा (९ कार्टुन) बरामद गरिएको छ। यी चल्लाहरू पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा आवश्यक कारबाहीका लागि पठाइएको छ।

दोस्रो : नेपालगञ्ज उपमहानगरपालिका–१४ मा नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका पुराना ब्याट्रीहरू तथा अन्य कवाडका सामानहरू बरामद गरिएका छन्। यसमा ढुवानीमा प्रयोग भएका ६ वटा साइकल र संलग्न तीन जनालाई समेत पक्राउ गरी भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

तेस्रो :  सोही दिन नेपालगञ्ज उपमहानगरपालिका–१ मा भन्सार छली गरी तस्करी गरिएको सुपर पावर सुर्ती १५० पोका बरामद भएको छ। यसको अनुमानित मूल्य २२ हजार ५०० रुपैयाँ रहेको छ। बरामद सुर्ती भन्सार कार्यालय नेपालगञ्जमा कारबाहीका लागि बुझाइएको छ।

प्रहरीले सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि कडा निगरानी बढाएको बताएको छ। यस्ता घटनाहरूले सीमा सुरक्षालाई चुनौती दिइरहेको अवस्थामा प्रहरीको सक्रियता बढेको छ।

Leave a Comment

सम्बन्धित खबर