
नेपालगञ्ज, १९ मंसिर २०८२ । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित “नेपाल आमाको माया छात्रावास, नेपालगञ्ज”ले यही मंसिर २० गते (शनिबार) आफ्नो चौथो वार्षिकोत्सव भव्यताका साथ मनाउँदैछ।

सामाजिक सुविधाबाट वञ्चित जनजाति समुदायका बालबालिकाहरूलाई आवासीय शिक्षा, स्वास्थ्य सेवा, स्वावलम्बन तालिम र उच्च संस्कार प्रदान गर्दै आएको यो छात्रावासले “जाऔं बालौँ दीप त्यहाँ जहाँ अझै अँध्यारो छ” भन्ने मूल नाराका साथ आफ्नो यात्रा अघि बढाइरहेको छ।

वार्षिकोत्सव समारोह मंसिर २० गते दिउँसो ठीक १:३० बजे छात्रावास आफ्नै परिसर (परसपुर, बाबाकुट्टी, नेपालगञ्ज, बाँके) मा आयोजना हुनेछ। कार्यक्रमका प्रमुख अतिथि वनवासी कल्याण आश्रम, भारतका संगठन मन्त्री माननीय श्री अतुल जोग रहनुहुनेछ।
छात्रावासका अध्यक्ष आशीष अग्रवालले जारी गरेको औपचारिक निमन्त्रणामा सबै शुभचिन्तक, सहयोगी, अभिभावक तथा सरोकारवालाहरूलाई समारोहमा उपस्थित भई बालबालिकाहरूलाई प्रोत्साहन प्रदान गर्न हार्दिक अनुरोध गरिएको छ।
छात्रावास जनजाति कल्याण आश्रम नेपालको नेपालगञ्ज इकाईअन्तर्गत सञ्चालित छ र हालसम्म सयौं विपन्न जनजाति बालबालिकालाई निःशुल्क आवास, भोजन र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्दै आएको आयोजकले बताएका छन् ।
