
सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई मनोनीत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा शर्मालाई मनोनीत गर्ने निर्णय गरेको हो । हाल शर्मा नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत छन् ।
उनी यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रुपमा उनी कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए ।
नेपाल बारको उपाध्यक्ष समेत भइसकेका शर्मासँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।
उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा डेढ वर्ष काम गरेको थिए ।
स्रोत : समयपोस्ट
