बाबागन्जको बाबा परमहंस कुट्टी बीरपुर (चौरी कुटिया) मा १५ दिने वार्षिक मेला सुरु…

संवाददाता
संवाददाता

भारतको उत्तर प्रदेश राज्यअन्तर्गत बहराइच जिल्लाको रुपैडिहा थाना क्षेत्रमा अवस्थित बाबा परमहंस कुट्टी बीरपुर (चौरी कुटिया, बाबागंज) मा हरेक वर्षझैं यस वर्ष पनि विवाह पञ्चमीको दिनदेखि १५ दिने वार्षिक मेला सुरु भएको छ।

यो मेला मार्गशीर्ष शुक्ल पञ्चमी (विवाह पञ्चमी) देखि पूर्णिमासम्म अर्थात् १५ दिनसम्म चल्ने परम्परा छ। मेलाको मुख्य आकर्षण बाबा परमहंसको दर्शन, हवन-पूजा, अखण्ड रामायण पाठ र भजन-कीर्तन हुने गर्छ।

कुटियाका वर्तमान महन्त रामदास जी महाराजका अनुसार यो मेलामा उत्तर प्रदेशका बहराइच, श्रावस्ती, गोंडा, बलरामपुर, लखनऊ लगायतका जिल्लाबाट मात्र होइन, नेपालको नेपालगञ्ज, कोहलपुर, खजुरा, बैजनाथ, बाँके, बर्दिया र दाङका विभिन्न स्थानबाट पनि हजारौं श्रद्धालुहरू आउने गरेका छन्।

नेपाल-भारत सीमा नजिकै रुपैडिहा बजारबाट करिब ४-५ किलोमिटर मात्र दूरीमा रहेकोले नेपाली भक्तजनहरूका लागि यो तीर्थस्थल निकै लोकप्रिय छ।

मेला अवधिभर कुटिया परिसरमा ठूलो संख्यामा पसलहरू, झुला-चर्खा, खानपिन र मनोरञ्जनका स्टलहरू पनि लाग्ने गर्छन्। सुरक्षा र सुविधाका लागि स्थानीय प्रशासनले विशेष व्यववस्था मिलाएको बाबागन्जका चौकी इन्चार्ज शिवेश शुक्लले बताए ।

गएका केही वर्षयता कोभिडका कारण मेला सीमित रूपमा मात्र लागेको थियो भने यस वर्ष पूर्ण रूपमा भव्य मेला आयोजना गरिएको कुटियाका सेवादारहरूले बताएका छन्।

महन्त श्रीराम दासजी

मेलामा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु आउने जाने गरेकोले सुरक्षा व्यवस्थालाई कडा परिएको छ। भीडभाडलाई निगरानी र व्यवस्थित गर्न सुरक्षाकर्मीहरु पैदल तथा मोटरसाइकलले दिनरात गस्ती गरिरहेको ,लागि परेको प्रहरी जवान संजय सिंहले बताएका छन् ।

Leave a Comment

सम्बन्धित खबर