
रुपईडिहा ,बहराइच, भारत : शनिबार १३ मंसिर २०८२ , उत्तर प्रदेशको बहराइच जिल्लामा शान्ति, सुरक्षा र कानून व्यवस्था कायम राख्न तथा सीमा सुरक्षालाई बलियो बनाउन बहराइचका पुलिस अधीक्षक (SP Bahraich) को निर्देशनमा रुपईडीहा थाना पुलिस र भारतको सशस्त्र सीमा बल (SSB) को संयुक्त टोलीले नेपाल–भारत सीमाक्षेत्रमा व्यापक चेकिङ अभियान सञ्चालन गरिरहेको छ।


यसैगरी यो अभियानअन्तर्गत रुपईडीहा थाना क्षेत्र पर्ने खुला सीमामा दुवै सुरक्षा बलका टोलीले संयुक्त रूपमा गस्ती गरिरहेका छन्। चेकिङका क्रममा शंकास्पद व्यक्ति, सवारी साधन र सामानहरूको जाँच भइरहेको बहराइच पुलिसले जनाएको छ।
यस्तै यो अभियान सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, मानव तस्करी र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न केन्द्रित रहेको बताइएको छ।
