
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रसाईंको रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईंले मंसिर ३ गते बन्दीप्रत्यक्षीकरणको दर्ता गरेका थिए । अदालतले उनलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको छ ।
प्रसाईंमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले उनको गतिविधि पछि उनलाई पक्राउ गरेको हो ।
उनले आन्दोलन घोषणा गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएका थिए, जसले हिंसा भड्किन सक्ने खतरा उत्पन्न गरेको विश्लेषण गरिएको छ ।
गत मंसिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरिएका प्रसाईंले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायात लगायत अन्य क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । उनले एनपीएल प्रतियोगिता समेत रोक्न आग्रह गरेका थिए ।
स्रोत : पर्दाफास
