एमाले कोशीका तीन जना पार्टीबाट निष्कासित

संवाददाता
संवाददाता

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश कमिटीका तीन जनालाई पार्टीबाट निष्कासित गरेको छ ।

एमाले कोशी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी, कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यस्तै २ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ । प्रदेश कमिटीको इटहरीका काशीनाथ दङगाल र डा बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय भएको कमिटी सचिव राजकुमार भण्डारीले जानकारी दिए ।

स्रोत : दृष्टि न्युज

Leave a Comment

सम्बन्धित खबर