घुस लिएको आरोपमा बाँकेमा कार्यरत नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १२ हजार घुस लिएको आरोपमा सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाले १२ हजार घुस लिएको आरोपमा अख्तियारले मंगलवार विशेष अदालत काठमाडौँमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अदालतको मुद्दा मिसिल अभिलेख रहेको फाँट “क” मा कार्यरत धमलाले फैसलाको प्रतिलिपि उपलब्ध गराइ दिने बहानामा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालय तथा नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा उनले बैनाबट्टा–लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि उपलब्ध गराइदिने भन्दै विभिन्न बहाना बनाएर १२ हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार धमलाको उक्त काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिने देखिएकोले बिगो कायम १२ हजार रुपैयाँ तोकी कैद सजाय तथा सोही बराबरको जरिवाना माग दाबी गरी आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।

स्रोत : प्रशासन

Leave a Comment

सम्बन्धित खबर