जय सियाराम युवा क्लबद्वारा नेपालगन्जमा दीपोत्सव,विपिन जोशी र शहीदप्रति श्रद्धाञ्जली

संवाददाता
संवाददाता

नेपालगन्ज, ५ कार्तिक २०८२ – जय सियाराम युवा क्लबले बुधबार नेपालगन्जको वडा नम्बर ८ मा रहेको लक्ष्मीमाता मन्दिर र त्रिभुवन चोकमा दीपोत्सव कार्यक्रम सम्पन्न गरेको छ। तिहारको अवसरमा आयोजित यो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा दीपोत्सवसँगै मृतक विपिन जोशी, जेनजी शहीदहरूप्रति सम्मान स्वरूप १ मिनेटको मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

 

जय सियाराम युवा क्लबका अध्यक्ष सुशील साहूले यो दीपोत्सव कार्यक्रम हरेक वर्ष तिहारको अवसरमा नेपालगन्जका विभिन्न स्थानहरूमा आयोजना गरिँदै आएको बताए। उनले भने, “हामीले माता बागेश्वरी मन्दिर, श्याम खाटू मन्दिर शीतल नगर, माता लक्ष्मी मन्दिर घसयरन टोल र त्रिभुवन चोकमा दीपोत्सव मनाउँदै आएका छौँ। यो हाम्रो परम्परा र संस्कृतिको संरक्षणसँगै सामाजिक एकताको सन्देश दिने अवसर हो।”

कार्यक्रमले स्थानीय समाजमा धार्मिक र सांस्कृतिक उत्साह थपेको देखिएको थियो ।

Leave a Comment

सम्बन्धित खबर