
नेपालगञ्ज, २ कात्तिक २०८२ । जिल्ला प्रहरी कार्यालय बाँकेले गौवध सम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ४६ वर्षीय मोहमद हनिफ जोलाह, उर्फ हग्गु जोलाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, जोलाहविरुद्ध २०८२ असोज ३ गते गौवध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा उनी लामो समयदेखि फरार थिए । प्रहरीले विशेष सूचनाको आधारमा २०८२ असोज ३१ गते उनलाई पक्राउ गरेको हो ।
हाल जोलाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो घटनाले स्थानीय स्तरमा गौवध जस्तो संवेदनशील विषयमा प्रक्राउ गरी अनुसन्धान कार्य,कानुनी कारबाही अगाडी बढाईएको सूचना अधिकारी: प्रहरी नायव उपरीक्षक दिपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँकेको आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

