स्रोत नखुलेको आठ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

संवाददाता
संवाददाता

सिरहा —यहाँ स्रोत नखुलेको आठ लाख २५ नगदसहित एक जनालाई पक्राउ गरिएको छ । उक्राउ परेका व्यक्तिलाई नगद, विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड र कपाली तमसुकसहित एक व्यक्ति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिराहा नगरपालिका–२०, लगडिगदियानीस्थित प्रहरीचौकीबाट गस्तीमा खटिएको टोलीले आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेका कल्याणपुर नगरपालिका–१, बनिनियाँ निवासी करिब ३० वर्षीय राशिन्द्र मण्डललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले मण्डलको साथबाट आठ लाख २५ हजार रुपैयाँ, दुई थान कपाली तमसुक, आरुष रेमिट्यान्सको एक थान स्ट्याम्प, विभिन्न बैंकका पाँच थान एटिएम कार्ड र चेकबुक बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार, मण्डल म प्र ०२–०१–००३ प २१०२ नं को मोटरसाइकलमा आइतबार राति करिब ९ बजे नेपाल प्रवेश गरेका थिए । शंका लागेर जाँच गर्दा स्रोत नखुलेको रकम र अन्य कागजात फेला परेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : रासस ( कान्तिपुर )

Leave a Comment

सम्बन्धित खबर