बिहीबार नेपालगंजमा लंका दहन तथा रावण बध मेला समय: दिउँसो २ बजेदेखि, श्री रामलीला संचालक समितिद्वारा भव्य धार्मिक कार्यक्रमको आयोजना,संस्कृति जिवितै

संवाददाता
संवाददाता

नेपालगंज, बाँके – श्री रामलीला संचालक समिति (पंजीकृत), नेपालगंजले सर्वसाधारण भक्तजनहरूको चाहनालाई मध्यनजर गर्दै यही असोज ११ गतेदेखि १६ गतेसम्म रामलीला मैदान, बाँकी बगिया, नेपालगंजमा विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने भएको छ।

समितिले एक सूचनामार्फत उक्त कार्यक्रमहरूमा सहभागी हुन सम्पूर्ण नगरवासी तथा भक्तजनहरूलाई हार्दिक अनुरोध गरेको छ।

यसैगरी समितिले कार्यक्रम तालिका: यसप्रकारको जारी गरेको छ।


२०८२/०६/११ (शनिवार):
हनुमान चालीसा पाठ, भजन र कीर्तन
समय: बेलुकी ६ बजेदेखि
डिजिटल प्रविधिमार्फत रामलीला चलचित्र प्रदर्शन
समय: राति ८ बजेदेखि १२ बजेसम्म


२०८२/०६/१२ (आइतवार) देखि २०८२/०६/१४ (मंगलवार):
ठूलो पर्दामा (स्क्रीन) रामलीला चलचित्र प्रदर्शन
समय: प्रतिदिन राति ८ बजेदेखि १२ बजेसम्म


२०८२/०६/१४ (मंगलवार):
अखण्ड रामायण पाठ प्रारम्भ
समय: बिहान ९ बजेदेखि
२०८२/०६/१५ (बुधवार):
अखण्ड रामायण पाठ समापन
समय: बिहान ११ बजे


२०८२/०६/१६ (बृहस्पतिवार):
शोभा यात्रा तथा नगर परिक्रमा
समय: दिउँसो १ बजेदेखि
लंका दहन तथा रावण बध मेला
समय: दिउँसो २ बजेदेखि

उक्त सम्पूर्ण कार्यक्रमहरू रामलीला मैदान, बाँकी बगिया, नेपालगंजमा आयोजना हुनेछन्।


श्री रामलीला संचालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले सम्पूर्ण भक्तजनहरूलाई बढीभन्दा बढी संख्यामा उपस्थित भई कार्यक्रमको लाभ लिन र मानव जीवनमा कर्तव्यबोध गराउने यी धार्मिक कार्यक्रमहरूमा सहभागी हुन आग्रह गर्नुभएको छ।

Leave a Comment

सम्बन्धित खबर