नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको १५१ मिटर लामो ‘चुनरी यात्रा’

संवाददाता
संवाददाता

क्रान्ति शाह

दसैं सुरु भएको पहिलो दिन घटस्थापनामा सोमबार नेपालमै पहिलो पटक वीरगन्जमा नगवदुर्गा भवानीको ‘चुनरी यात्रा’ निकालिएको छ।

सोमबार दिउँसो वीरगन्ज–६ माईस्थानस्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट १ हजार ५ सय बढी महिला भक्तजनहरुले १ सय ५१ मिटर लम्बाईको नवदुर्गा भवानीको चुनरी बोकेर निकालेको ‘चुनरी यात्रा’ ले नगर परिक्रमा गरेको थियो। विश्व हिन्दू परिषद् नेपालको आयोजनमा निकालिएको निकालिएको ‘चुनरी यात्रा’ नगर परिक्रमा गरेपछि पुन मन्दिर प्रांगणमै पुगेर गहवामाई मन्दिरमा विशेष पूजापाठ गरेर समापन भएको थियो।

दसैंको नवरात्रामा नवदुर्गा भवानीलाई चढाइने चुनरीको यात्रा नेपालमै पहिलो पटक यसपालिकाको दसैंको घटस्थापनामा वीरगन्जमा निकालिएको विश्व हिन्दू परिषदका वीरगन्ज महानगर समितिका सचिव दीपेन्द्र कुमार सर्राफले बताए। त्यसमा पनि चुनरी यात्रामा १५१ मिटर लामो चुनरी १ हजाार ५ सय बढी श्रद्धालु भक्तजनहरुले बोकेर निकालेको यो पहिलो पटक नै भएको उनले बताए।

उनले भने, ‘दशहरामा नवदुर्गा भवानीको चुनरी यात्रा निकाल्ने परम्परा भारतका केही ठूला शहरहरुमा मात्रै छ। तर नेपालमा यसअघि कही पनि यो परम्परा थिएन। यसपालि हामीले नेपालमै पहिलो पटक वीरगन्जमा चुनरी यात्रा निकालेका हौं। अब यसपछि हरेक वर्ष घटस्थापनाका दिन वीरगन्जमा हामीले यसरी नै चचुनरी यात्रा निकाल्छौं।’

देश र समाजको हित तथा र मंगल कामनाका लागि ‘चुनरी यात्रा’ आयोजना गरिएको भन्दै उनले ‘चुनरी यात्रा’ का लागि कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको पनि स्पष्ट पारे।

स्रोत : annpurna

Leave a Comment

सम्बन्धित खबर