
नेपालगञ्ज÷प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले आफ्नो पारिश्रमिकबाट बिभिन्न समस्यामा परेका ब्यक्ति तथा संस्थाहरुलाइ सहयोग गर्दै आएका छन् । यसै क्रममा मंगलबार गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखालाईसहयोग प्रदान गरेका छन् ।

डा. राणाले आफुले प्रतिनिधि सभा सदस्य पदमा रहेर पाउँदै आएको पारीश्रमिक बापतको रकमबाट रु. ५० हजार गैसस महासंघ बाँकेको संस्थागत विकासका लागी सहयोग स्वरुप प्रदान गरेका हुन् । गैसस महासंघ नेपाल बाँकेको नेपालगन्ज स्थित कार्यालयमा आयोजित विशेस समारोहकाबीच डा. राणाले पचास हजार बराबरको चेक प्रदान गरेको गैसस महासंघ बाँकेका सचिब रमेश सिटौलाले बताए । डा. राणाले आफ्नो हरेक महिनाको पारिश्रमिक बिभिन्न सामाजिक कार्यको लागी सहयोग गर्दै आएका छन् ।

सहयोग हस्तान्त्ररण कार्यक्रममा बोल्दै डा. राणाले राजनीतिमा लागेर पदमा पुगेका ब्यक्तिहरु सबै खराव, भ्रष्ट र फटाह हुन्छन् भन्ने भ्रम चिर्नका लागी आफुले प्राप्त गर्ने पारीश्रमिक सामाजिक कार्यमा लागेका संस्था तथा बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाइ सहयोग गर्दै आएका बर्ता । डा. राणाले आफुले गरेको सानो सहयोगले सक्रिय रुपमा सामाजिक कार्यमा लागेका संस्थाहरुको सामाजिक कार्यमा थप वल पुग्ने विस्वास ब्यक्त गरे । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले डा. राणाले सुरुवात देखिनै आफुले प्राप्त गरेको पारिश्रमिक सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउदै समाजमा सबै मन भएका ब्यक्तिहरुसंग धन र धन भएकाहरुसंग मन नहुने बताउदै मन र धन दुबै भएको ब्यक्ति डा. राणा भएको बताए ।

यसैबिच मंगलबार नै डा. राणाले बांके डुडुवा गाउँपालिका वडा २ बेतहनीमा भएको सडक दुर्घटनामा एकै परिवारका दुई बालकको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै परिवारलाइ आर्थिक सहयोग प्रदान गरेका छन् । राणले शोकाकुल परिवारको घरमै पुगेर सान्त्वना प्रदान गर्नुका साथै आमा बन्दना गोडिया र बुवा हदवार गोडियालाई आर्थिक सहयोग स्वरूप रु. ५० हजार सहयोग प्रदान गरेका हुन् । साथै डुडुवा गाउँपालिकाका स्थायी बासिन्दा कान्ता अहिरको घरको धुरी भत्किएर भएको क्षतिपछि पुनःनिर्माण कार्यको लागि राज्यबाट प्राप्त आफ्नो तलब भत्ताबाट रू. ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । डा. राणाले नेपाल उपमहानगरपालिकाको नगरप्रमुख हुँदा देखिनै आफुले पाउने भत्ता तथा पारीश्रमिक विभिन्न संघ संस्थालाई प्रदान गर्दै आएका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष विमला यादव हेमराज यादव, सचिव रमेश यादव लगायतको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
