दार्चुलामा जिप दुर्घटना हुँदा ११ जना घाइते, ४ को अवस्था गम्भीर, जिपचालक प्रहरी नियन्त्रणमा

संवाददाता
संवाददाता

५ भदौ २०८२ बिहीबार

दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका प्रहरीले जनाएकाे छ।

चालकसहित ११ जना सवार जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको प्रहरी निरीक्षक रावतले बताए।

यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको उनकाे भनाइ छ। दुर्घटनामा घाइते भएका जिपचालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ। रासस

Leave a Comment

सम्बन्धित खबर