नेपालगन्जमा आर्य समाजद्वारा “हाम्रो संस्कृति, हाम्रो चिनारी” भन्ने नाराका साथ खीर खाने दिनलाई भव्य रूपमा मनायो

संवाददाता
संवाददाता

नेपालगन्ज, श्रावण १५, २०८२ – नेपाल आर्य समाज नेपालगन्जले “हाम्रो संस्कृति, हाम्रो चिनारी” भन्ने श्लोगनका साथ श्रावण १५ गते खीर खाने दिनलाई भव्य रूपमा मनाएको छ। बिहीबार नेपालगन्जमा आयोजित यो कार्यक्रममा हवन पूजनबाट शुरुवात गरिएको थियो, जसमा ३० भन्दा बढी आर्य समाजीहरू सहभागी भए।

कार्यक्रममा खीरसँगै पुडी, तरकारी र हल्का सुपाच्य पकवानहरू पनि पकाइएको थियो। यसैगरी गत असार १५ गते पनि आर्य समाजले दही च्युरा कार्यक्रम आयोजना गरेको थियो।

हवन पूजन पुरोहित राजकुमार आर्य र सुभाष आर्यले सम्पन्न गरेका थिए। मुख्य जजमानको रूपमा सोनू सोनी आर्य रहनुभएको थियो भने व्यवस्थापकहरूमा विपिन वैश्य, सोनू आर्य, विजय बराल, शुभम सोनी, नन्दकिशोर वर्मा लगायत सम्पूर्ण आर्य परिवारको सहभागिता रहेको पुरोहित राजकुमार आर्यले जानकारी दिए।

अध्यक्ष राजु मान श्रेष्ठले आगामी दिनमा थप सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताए। यो कार्यक्रमले स्थानीय समाजमा सांस्कृतिक जागरूकता र एकताको सन्देश प्रवाह गरेको छ।

हवन पूजन: सांस्कृतिक र धार्मिक महत्व
हवन पूजन हिन्दू धर्म र आर्य समाजको एक महत्वपूर्ण धार्मिक अनुष्ठान हो, जसमा अग्निलाई साक्षी मानी मन्त्र उच्चारण गर्दै आहुति (समिधा, घी, जडीबुटी आदि) अग्निमा चढाइन्छ। यो पूजा विशेष गरी शुद्धता, आध्यात्मिक उन्नति, र सकारात्मक ऊर्जा प्राप्तिका लागि गरिने गरिएको राजकुमार आर्यले भने,

हवन पूजनको प्रक्रिया:
स्थान शुद्धिकरण: हवन स्थललाई गंगाजल, गोमूत्र वा अन्य पवित्र वस्तुले शुद्ध गरिन्छ।
हवन कुण्ड तयारी: हवन कुण्डमा काठ राखेर अग्नि प्रज्वलन गरिन्छ।
मन्त्र उच्चारण: वेद मन्त्रहरू, विशेष गरी ऋग्वेद, यजुर्वेद र सामवेदका मन्त्रहरू उच्चारण गरिन्छ। आर्य समाजमा गायत्री मन्त्रको विशेष महत्व छ।
आहुति: घी, जडीबुटी, र समिधालाई मन्त्रसहित अग्निमा चढाइन्छ।
प्रसाद वितरण: हवन सम्पन्न भएपछि प्रसाद (खीर, फल आदि) वितरण गरिन्छ।

हवनको महत्व:
आध्यात्मिक शुद्धता: हवनले मन, शरीर र वातावरणलाई शुद्ध बनाउँछ।
वातावरणीय लाभ: हवनमा प्रयोग हुने जडीबुटी र घीले वायु शुद्धिकरणमा सहयोग गर्छ।
सांस्कृतिक संरक्षण: यो परम्पराले वेद र प्राचीन संस्कृतिको जगेर्ना गर्छ।
सामूहिक एकता: हवनमा सामूहिक सहभागिताले सामाजिक सद्भाव बढाउने गरेको पुरोहित राजकुमार आर्यले बताए।

Leave a Comment

सम्बन्धित खबर