नेपालगन्जमा मिडिया र निजी क्षेत्र सम्बन्धबारे अन्तरक्रिया हुने

संवाददाता
संवाददाता

मेराज सलमानी/ नेपालगन्ज, बाँके — ९ साउन २०८२
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा हुने ‘मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त कार्यक्रमले मिडिया र निजी क्षेत्रबीचको आपसी सम्बन्ध, सहकार्यको सम्भावना र वर्तमान चुनौतीहरूबारे खुला छलफल र विचार आदान–प्रदान गर्ने उद्देश्य राखिएको छ। कार्यक्रममा स्थानीय सञ्चारकर्मी, उद्योगी–व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवाला निकायहरू सहभागी हुनेछन्।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नबीन गिरी का अनुसार अन्तरक्रिया कार्यक्रमबाट मिडिया र निजी क्षेत्रबीच आपसी समझदारी र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम आज २.३० बजे होटल पौवा नेपालगन्जमा आयोजना हुने जनाइएको छ।

कार्यक्रमको अन्तिम तयारी सकिएको आयोजकले जानकारी दिएका छन्।

Leave a Comment

सम्बन्धित खबर