१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

संवाददाता
संवाददाता

 १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–८ निवासी २० वर्षीय समुन्द्र जिसी रहेका छन् ।

उनलाई पीडित पक्षबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिसीले ती बालिकालाई जबरजस्ती करणी गरेको आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

‘मुद्दासम्बन्धी आवश्यक अनुसन्धान जारी छ,‘जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले पीडितको गोपनीयता तथा अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

स्रोत : लोकपथ

Leave a Comment

सम्बन्धित खबर