
नेपालगञ्ज, २ साउन २०८२

अवधी, हिन्दी भाषा साहित्यका प्रकाण्ड पण्डित, भक्त कवि तथा सन्त शिरोमणि गोस्वामी तुलसीदास जी महाराजको ५२८औं जयन्ती, २६औं अवधी दिवस र गुडिया (नागपञ्चमी) पर्वको पावन अवसरमा नेपालगञ्जमा “अवधी महोत्सव” आयोजना हुने भएको छ।
उक्त महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित यही साउन १५ गते (३१ जुलाई २०२५, बिहीबार) बिहान ११:०० बजेदेखि साँझ ४:०० बजेसम्म नेपालगञ्ज-१२, वी.पी. चौक नजिकै रहेको सोनाखरी रेष्टुरेन्टमा हुने आयोजकले बताए ।
कार्यक्रममा सहभागिताका लागि आयोजक अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति, नेपालगञ्ज (बाँके)ले सबैलाई सादर निमन्त्रणा गरेको छ।
थप जानकारीका लागि ९८४८२४४४२९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले बताए ।
