
बाँके, साउन २ – लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले नेपालगञ्ज विमानस्थलमा रहेको विपद् सामग्री भण्डारण केन्द्रको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री अग्रवालले गोदाममा रहेका विपद् व्यवस्थापन सामग्रीको अवस्था, व्यवस्थापन प्रक्रिया र तयारीबारे सरोकारवाला निकायसँग जानकारी लिए। सुरक्षा निकाय, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधिको उपस्थितिमा भएको निरीक्षणमा उनले विपद् व्यवस्थापनमा तत्काल सहयोग पुग्ने गरी सामग्री व्यवस्थित राख्न निर्देशन दिए।

जीवन रक्षक सामग्री, त्रिपाल, जीवन ज्याकेटलगायतका सामग्रीको अवलोकन गर्दै मन्त्री अग्रवालले विपद्का समयमा प्रभावकारी सहायता प्रदान गर्न तयारी चुस्त राख्न जोड दिए।
